पुर्ननिर्माणमा खटिएका प्राबिधिकलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय

<p>काठमाडौं, १४ पुस । सरकारले पुर्ननिर्माणमा खटिएका प्राबिधिकहरुलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पुर्ननिर्माणमा खटिएका प्राबिधिकहरुलाई योगदानका आधारमा ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको सञ्चार मन्त्री तथा प्रवक्ता राम कार्कीले बताए । सेवा सुबिधा कम भएको भन्दै पुर्ननिर्माणमा खटिएका इञ्जिनियरहरुले केहि दिन अघि सामुहिक राजीनामा दिएका थिए । भत्ता [&hellip;]</p>

houseकाठमाडौं, १४ पुस । सरकारले पुर्ननिर्माणमा खटिएका प्राबिधिकहरुलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पुर्ननिर्माणमा खटिएका प्राबिधिकहरुलाई योगदानका आधारमा ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको सञ्चार मन्त्री तथा प्रवक्ता राम कार्कीले बताए ।

सेवा सुबिधा कम भएको भन्दै पुर्ननिर्माणमा खटिएका इञ्जिनियरहरुले केहि दिन अघि सामुहिक राजीनामा दिएका थिए । भत्ता बढाउने निर्णय गरेर मन्त्रिपरिषदमा पठाएको जानकारी प्राधिकरणले गराएपछि मात्रै उनीहरु काममा फर्कन तयार भएका थिए ।

Share News