हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त

<p>काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक समूहका सेयरधनीतर्फको रिक्त रहेको पदमा रोहित गुप्ता नियुक्त भएका छन् । उनी टेली डिरेक्ट प्रा.लि.को तर्फबाट बाँकी कार्याकालको लागि नियुक्त भएका [&hellip;]</p>

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो ।

संस्थापक समूहका सेयरधनीतर्फको रिक्त रहेको पदमा रोहित गुप्ता नियुक्त भएका छन् । उनी टेली डिरेक्ट प्रा.लि.को तर्फबाट बाँकी कार्याकालको लागि नियुक्त भएका हुन् ।

त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट राजीव मोर र शुभेच्छा खरेल नियुक्त भएका छन् । उनीहरुलाई ४ वर्षको लागि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जानकारी गराएको छ ।

Share News