काठमाडौं, १४ पुस । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनी स्मार्ट एप्लाएन्सेसले देशमा होम एप्लाएन्सेस्को विभिन्न रेन्जका प्रोडक्टहरु प्रस्तुत गर्दै आइरहेको छ । यसै सन्दर्भमा आफ्ना देशभरका डिलरहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेसले आफ्नो ओलेड टिभिको र त्यसको लाइन अप ल्याउने घोषणा गरेको छ ।

स्मार्ट एप्लाएन्सेसले देशभरबाट १३० वटा भन्दा डिलरहरु भेला गर्नुका साथै विशेष सम्मान कार्यक्रम मार्फत सम्मान-पत्र प्रदान गरेको हो । कार्यक्रममा ५ जना डिलरहरुलाई विभिन्न वर्गहरु अन्तर्गत अवार्ड समेत प्रदान गरिएको थियो । उक्त अवार्डहरु जित्नेमा बेस्ट टेलिभिजन सेल्स् अन्तर्गत शर्मिला इन्टरप्राइजेज, महाबौद्ध, बेस्ट होम् एप्लाएन्सेस् सेल्स् अन्तर्गत ए-वान सेल्स् एण्ड सर्भिस, बानेश्वर, बेस्ट ओभरअल सेल्स् अन्तर्गत महालक्ष्मी इलेक्ट्रोनिक्स्, धरान, बेस्ट सेल्स् प्रमोटर अन्तर्गत न्यू डिएम इलेक्ट्रोनिक्स्, भक्तपुर तथा बेस्ट् एक्स्क्लुजिभ आउटलेट अन्तर्गत रिजर्भ मल्टिनेशनल, पोखरा रहेका थिए ।
सो कार्यक्रममा कम्पनीले विभिन्न नयाँ र अत्याधुुनिक विशेषताले सुुसज्जित ओलेड टिभि लन्च गरेको थियो । नेपाली बजारमा एउटा नयाँ टेक्नोलोजीको रुपमा आएको ओलेड टिभि ब्याकलाइट नचाहिने टेक्नोलोजीमा चल्छ । कम्पनीका अनुसार हङकङमा निर्मित यी टेलिभिजनहरु ठूलो स्क्रिनहरुमा बढ्दै गएको नेपाली बजारको माग पूरा गर्न डिजाइन गरिएको छ ।