नेपाल लाइफलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता मूल्य १४२५ रुपैयाँ

<p>काठमाडौं, १४ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई थप फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ३० लाख ९६ हजार ४२९ कित्ता एफपिओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता १ हजार ४ सय २५ रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । गत जेठमा सम्पन्न [&hellip;]</p>

nlicकाठमाडौं, १४ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई थप फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ३० लाख ९६ हजार ४२९ कित्ता एफपिओ निष्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता १ हजार ४ सय २५ रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । गत जेठमा सम्पन्न कम्पनीको १६ औं वार्षिक साधारणसभाले ३० लाख ९६ हजार कित्ता एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । सो मात्राको एफपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ४७ करोड रुपैयाँ पुुग्नेछ । यो निष्कासनपछि कम्पनीको शेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधरणको हुनेछ ।

कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले एफपीओ निश्कासन गर्न बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियूक्त गरेको छ ।

 

Share News