काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
सुनचाँदी व्यवसायीका अनुसार मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि घटेर प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।