सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा ६ जना चयन

<p>काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा ६ जना सञ्चालक चयन भएका छन् । बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् । यस्तै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा ६ जना सञ्चालक चयन भएका छन् । बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका हुन् ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् ।

यस्तै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । सञ्चालकमा चयन भएकाहरू आगामी ४ वर्षसम्म सो पदमा कायम रहने छन् ।

साथै, कम्पनीको साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षसुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

Share News