काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेर प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ थियो ।
त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सय रुपैयाँले वृद्धि भई प्रतितोला एक लाख २५ हजार रुपैयाँ दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ थियो ।
चाँदीको पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।