
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डले करारमा १ सय ४३ कर्मचारी माग गरेको हो ।
बोर्डले शुक्रबार सूचना जारी गरेर विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आह्वान गरेको हो । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि दर्ता अधिकारी पदमा कर्मचारी माग गरिएको छ ।
सूचनाअनुसार आगमी चैत १६ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।
