घरैपिच्छेका युवा रोजगारीको निम्ति भारतमा, आर्थिक अवस्था भने दयानिय नै

<p>काठमाडौं १५, पुस । ३६ घरपरिवार रहेको कुतियाकभरका अधिकांश घरका युवा रोजगारीका लागि भारत पसेका छन् । गाउँमा बालबालिका र बृद्धबृद्धा मात्रै देखिन्छन् । गाउँका युवा जति सबै भारतमा छन् । रोजगरीका लागि भारत गएका युवा प्राय दसैं तिहारमा घर फर्किन्छन् । गाउँमा बर्षौंदेखि भारतमै काम गरिरहेको भएपनि स्थानियको जीवनस्तर भने दयनीय नै छ । [&hellip;]</p>

rojgariकाठमाडौं १५, पुस । ३६ घरपरिवार रहेको कुतियाकभरका अधिकांश घरका युवा रोजगारीका लागि भारत पसेका छन् । गाउँमा बालबालिका र बृद्धबृद्धा मात्रै देखिन्छन् । गाउँका युवा जति सबै भारतमा छन् ।

रोजगरीका लागि भारत गएका युवा प्राय दसैं तिहारमा घर फर्किन्छन् । गाउँमा बर्षौंदेखि भारतमै काम गरिरहेको भएपनि स्थानियको जीवनस्तर भने दयनीय नै छ ।

पहिले घरका बृद्धहरु पनि भारतमै मजदुरी गर्थे । उनीहरु बुढ्योलीले छोएपछि घर फर्किएका हुन् । भारतको कमाइले घरपरिवारकै खर्च धान्न मुस्किल हुने स्थानियले बताए ।
सामान्य लेखपढ गर्नसम्म स्कुल जाने र त्यसपछि रोजगारीका लागि भारत पस्ने यहाँको परम्परा नै बनेको छ । कान्तिपुर दैनिकबाट ।

Share News