फुटवेयर विजनेश एक्स्पो- २०१७ शुरु, दुई लाखबढीले अवलोकन गर्ने अनुमान

<p>काठमाडौं, १५ पुस । नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०१७ आजदेखि शुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपमा शुरु भएको यस मेलाको उद्घाटन मन्त्री गगन कुमार थापाले गरेका छन् । सो अवसरमा मन्त्री थापाले सरकारले गर्नुपर्ने धेरै काम बाँकी रहेको त्यसमध्ये पनि फुटवेयर सेक्टरलाई आफुले निकै लामो समयदेखि नजीकबाट नियाल्दा यस सेक्टरलाई [&hellip;]</p>

काठमाडौं, १५ पुस । नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०१७ आजदेखि शुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपमा शुरु भएको यस मेलाको उद्घाटन मन्त्री गगन कुमार थापाले गरेका छन् ।

footware_business

सो अवसरमा मन्त्री थापाले सरकारले गर्नुपर्ने धेरै काम बाँकी रहेको त्यसमध्ये पनि फुटवेयर सेक्टरलाई आफुले निकै लामो समयदेखि नजीकबाट नियाल्दा यस सेक्टरलाई लक्षित गरि कच्चा पदार्थ निर्यात एवं कच्चा पदार्थ उत्पादनको क्षेत्रमा सहयोग गर्न सके मात्र पनि यस उद्योगले ठुलो फड्को मार्ने र सो बाट राज्यले समेत ठुलो राजश्व आर्जन गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा मन्त्री थापाले छालारहित मासु मात्र बिक्रि वितरणमा राख्ने व्यवस्था लागु गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाईले नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयातलाई न्युनिकरण गर्न सहयोग पुर्याउनु नै यो एक्स्पोको प्रमुख उद्देश्य रहेको बताएका छन् ।

आयोजकका अनुसार शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सफ्ट टच, फुटल्याण्ड, ईजी सुज् जस्ता नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो एक्स्पोमा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने आयोजकको लक्ष्य रहेको छ ।

Share News