काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले ओरालो लागेको हो ।
महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार भने एक हजार पाँच सय ३० रुपैयाँ कायम गरिएको छ ।