काठमाडौं । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला एक लाख २५ हजार मूल्य रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य आइतबार एक लाख २४ हजार चार सय रुपैयाँ कायम भएकोमा आज भने तोलामा पाँच सयले घटेर एक लाख २३ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला एक हजार तीन सय १२ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने प्रतितोला एक हजार तीन सय तीन रुपैयाँ निर्धारण भएको छ ।