मेलम्चीको पानी काठमाडौं प्रवेशको समय निश्चित, काठमाडौंवासीका ५० हजार धारा जडान अझै अनिश्चित

<p>काठमाडौं १६, पुस । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ काठमाडौंसँग जोडिए पनि काठमाडौंमा धारा निर्माणको काम सकिएको छैन । आयोजनाका अनुसार काठमाडौंमा अझै ५० हजार धारा जडान गर्न बाँकी छ । पहिलो चरणमा काठमाडौं उपत्यकाको रिङरोडभित्र ८३ हजार भन्दा बढी घरधुरीमा आगामी असोजदेखि पानी वितरण सुरु गर्ने आयोजनाको उद्देश्य छ । तर योजनाअन्तरगत उपयोजना निर्देशनालयले [&hellip;]</p>

melamchi-21काठमाडौं १६, पुस । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ काठमाडौंसँग जोडिए पनि काठमाडौंमा धारा निर्माणको काम सकिएको छैन । आयोजनाका अनुसार काठमाडौंमा अझै ५० हजार धारा जडान गर्न बाँकी छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकाको रिङरोडभित्र ८३ हजार भन्दा बढी घरधुरीमा आगामी असोजदेखि पानी वितरण सुरु गर्ने आयोजनाको उद्देश्य छ ।

तर योजनाअन्तरगत उपयोजना निर्देशनालयले घरघरमा पाइपलाईन विस्तार एवम् धारा जडान गर्न सकेको छैन।

निर्देशनालयले घरघरमा धारा पर्‍याउन छ सय ७० किलोमिटर पाइपलाई विस्तार गर्नुपर्छ। तर उसले २०७३ मंसिर मसान्तसम्ममा चार सय ६८ किलोमिटर मात्रै पाइपलाई विस्तार गरेको छ । अन्नपूर्ण पोस्टबाट ।

Share News