काठमाडौं, १६ पुस । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चिनियाँ झाव युलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट ८४ लाख रुपैयाँसहित उनलाई पक्राउ गरेको हो । उनका साथमा राजीव गौतमका नाममा रहेको एनसिसी बैंकको रकम ११ लाख ७६ हजार रुपैयाँको चेकसमेत प्रहरीले बरामद भएको छ । गौतमसमेत पक्राउ परेका छन् ।
ठमेल इलाकामा रहेका होटलमा अवैध मुद्राको कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी परिसर, काठमाडौंका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिएका छन् । सो रकम हुन्डी कारोबारका लागि प्रयोग भएको आशङ्कामा प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाइएको छ । रासस