सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । गत फागुन २७ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले बढेर १ लाख २७ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । गत फागुन २७ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

उक्त रेकर्ड ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले बढेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य बढेर प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News