काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भएको छ ।