काठमाडौंमा सफा नदी, सपनामै सीमित (तस्विरहरू)

<p>काठमाडौं । मानवको जीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदिको किनारबाटै सुरु भएको पाइन्छ । जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ । काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदीहरु नभइ ढल, नाली जस्तो देखिन्छन । ब्राहै महिना कालो, पहेलो पानी बाहेक बगेको कहिल्यै देखिँदैन [&hellip;]</p>

काठमाडौं । मानवको जीवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदिको किनारबाटै सुरु भएको पाइन्छ । जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ ।

काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदीहरु नभइ ढल, नाली जस्तो देखिन्छन । ब्राहै महिना कालो, पहेलो पानी बाहेक बगेको कहिल्यै देखिँदैन । उपत्यका भएर बग्ने मुख्य नदी बागमती, विष्णुमती, धोविखोला, टुकुचे लगायत मुहानबाट निस्केको केहि बेरमै सफा पानीबाट कालो ढल बनेर बग्ने गर्दछ ।

उपत्यका भएर बग्ने नदी सफा देखिएको कथामा मात्र सीमित रहने भयो । बागमती, बिष्णुमती, धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म पानी कालो हैन, सफा निलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला ?

(सन्दर्भ विश्व पानी दिवस)

Share News