काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर तोलमा १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलमा १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।
साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँमा कारोबार भएको छ ।