भियतनामले लाओसबाट ५ हजार मेगावाट विद्युत आयात गर्ने

<p>हनोई । औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ । भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात [&hellip;]</p>


हनोई । औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।

भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।

भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ ।

पछिल्ला वर्षहरूमा भियतनामका मध्य र दक्षिणी क्षेत्रमा विद्युत माग तीव्ररूपमा बढेको छ ।

सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ ।

साथै, फोहोर प्रशोधनबाट १ हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरूमा जडान गरिएका सोलार प्यानलबाट १ हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ । एजेन्सी

Share News