कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा, नयाँ सरकार गठन गर्न आव्हान

<p>कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तर्गत बुधबार बसेको छैटौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । उनले बुधबारनै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका छन् । बदलिएको राजनीतिक परिवेशका कारण आफूले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको [&hellip;]</p>

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तर्गत बुधबार बसेको छैटौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् ।

उनले बुधबारनै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका छन् । बदलिएको राजनीतिक परिवेशका कारण आफूले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकमा जानकारी गराएका थिए ।

प्रदेशसभामा राजीनामा घोषणा गर्ने क्रममा मुख्यमन्त्री शर्माले आफ्नो नेतृत्वको प्रदेश सरकारले हालसम्म गरेका कामको समग्र विवरण देशसभा बैठकमा प्रस्तुत गरेका थिए । उनले राजीनामा दिएर बाटो खुला गरेसँगै सत्ता साझेदार दलको केन्द्रीय सहमतिअनुसार भएको निर्णय कार्यान्वयन हुने भएको छ ।

नयाँ सरकारका लागि आह्वान

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय यही चैत २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गत फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । रासस

Share News