सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । बिहिबार सुन तोलामा १ हजार रुपैयाँले र चाँदीको तोलामा ४० रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३४ हजार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । बिहिबार सुन तोलामा १ हजार रुपैयाँले र चाँदीको तोलामा ४० रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News