काठमाडौं २०, पुस । नेपाल वायुसेवा निगमलाई वाइडवडि जहाज आउनु अघि नै कोरियाले उडान अनुमति स्वीकृति दिएको छ । वायुसेवा निगमले आगामी असोजसम्ममाा एउटा र त्यसको ६ महिनामा अर्को वाइडवडी जहाज ल्याउने गरी तयारी गरिरहेको छ ।
निगमको वाइडवडी खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको र निगम संचालक समितिमा छलफलमा रहेको छ । निगमको लामो दूरीको उडान क्षमतको वाइडवडी जहाज आउने भएपनि कोरियाली सातामा दुईवटा उडानको अनुमति नै स्वीकृति दिएको वायुसेवा निगमका कर्पोरेट निर्देशक तथा प्रवक्ता रामहरि शर्माले बताए ।
उनका अनुसार कोरियाले आइतबार र बुधबार गरी सातामा दुईवटा उडान तालिका स्वीकृत गरेको छ । काठमाडौबाट बेलुका ७ बजेर २० मिनेटमा उड्ने र भोलीपल्ट कोरियाबाट ८ बजेर १५ मिटेनमा काठमाडौं आउने गरी उडान तालिका स्वकृत गरेको जानकारी निगमलाई आएको शर्माले बताए ।
उनका अनुसार वायुसेवा निगमले २८० सिट क्षमतासम्मको दुईवटा वाइडवडी जहाज खरिद प्रक्रिया थालिसकेको छ । जहाज ल्याउन अमेरिकी कम्पनी एआआरले ११ अर्ब ३५ करोड रुपैयाँमा नै एउटा जहाज दिने गरी प्रस्ताव पनि हालिसेको छ । सोही जहाजको प्रस्तावमा बोर्डमा छलफल भइरहेको र निर्णयको चरणमा रहेको पनि शार्माले जानकारी दिए ।
बायुसेवा निगमले ठूलो दुईवटा जहाज ल्याएर अस्टेलिया, अमेरिका, जापान, कोरियासहितका मुलुकमा उडानको तयारी गरिरहेको छ । निगमले दुई वटा वाइडवडिका लागि २५ अर्ब रुपैयाँको जोहो थालिसकेको छ । निगमसँग हाल एयरवसका दुईवटा न्यारोवडि जहाज छन् ।