काठमाडौं, २० पुस । काठमाडौंको जमलस्थित विश्वज्योति मलमा टिसिएल ब्राण्डका समानहरुको प्रदर्शनी सुरु भएको छ । एक हप्तासम्म चल्ने उक्त प्रदर्शनमा ग्राहकहरुले टिसिएल ब्राण्डका सामाग्रीहरुको अवलोकन गर्ने मौका पाउनुका साथै सामाग्रीहरु खरीद गर्दा विशेष छुट सुबिधा पाउने छन् ।
नेपाली उपभोक्तालाई आफ्ना सामाग्रीहरुको बारेमा अझ बढी ज्ञान र जानकारी गराउन प्रदर्शनी आयोजना गरेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा टिसिएलका स्थापित तथा नयाँ मोडलका टिभी लगायत अन्य उत्पादन हेर्न पाइन्छ ।
नेपालमा चौधरी ग्रुपको इओएल प्रालीले टिसिएलका उत्पादनको आयात तथा बिक्रि गर्दै आएको छ ।