अल्स्टमले बेलायतमा सयौंको संख्यामा रोजगारी कटौती गर्ने

<p>लण्डन । फ्रान्सेली रेल निर्माता कम्पनी अल्स्टमले बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी गरेको छ । डेली टेलिग्राफ पत्रिकाले अल्स्टमको डर्बीस्थित ‘सेन्ट्रल इङ्ल्यान्ड प्लान्ट’मा उपनगरीय रेल स्टकका लागि नयाँ सम्झौताका लागि रोकिएको सरकारी वार्ताको प्रभावका कारण रोजगारी कटौती हुने जनाएको छ । ‘द टेलिग्राफ’ ले स्रोतलाई उद्धृत नगरिकन लेखेको समाचारमा बेलायतको लामो [&hellip;]</p>

लण्डन । फ्रान्सेली रेल निर्माता कम्पनी अल्स्टमले बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी गरेको छ ।

डेली टेलिग्राफ पत्रिकाले अल्स्टमको डर्बीस्थित ‘सेन्ट्रल इङ्ल्यान्ड प्लान्ट’मा उपनगरीय रेल स्टकका लागि नयाँ सम्झौताका लागि रोकिएको सरकारी वार्ताको प्रभावका कारण रोजगारी कटौती हुने जनाएको छ ।

‘द टेलिग्राफ’ ले स्रोतलाई उद्धृत नगरिकन लेखेको समाचारमा बेलायतको लामो योजनापछि आउने अपेक्षा गरिएको नयाँ उच्च गतिको रेलवे एचएस–२ मा थप सम्भावित ढिलाइको बारेमा चिन्ता पनि बढ्दै गएको उल्लेख छ ।

अल्स्टमका प्रवक्ताले एएफपीलाई डर्बी साइटको भविष्यको बारेमा कुनै निर्णय नलिइएको तर बेलायती सरकारसँग वार्ता ‘अझै जारी’ रहेको बताए ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गत वर्ष विवादास्पद रूपमा एचएस–२ को उत्तरी इङ्ल्यान्डको एक महत्वपूर्ण रेल सेवालाई हटाएपछि यो रिपोर्ट आएको हो ।

अल्स्टमले आफूलाई बेलायत र आयरल्याण्डमा नयाँ रेलहरूको अग्रणी निर्माता र रेलवे पूर्वाधारको शीर्ष आपूर्तिकर्ताको रूपमा वर्णन गर्दछ ।

यसले बेलायत र आयरल्याण्डमा मुख्यगरी डर्बी क्षेत्रसहितका ३७ स्थानहरूमा ६ हजार मानिसहरूलाइ रोजगार दिएको छ । एजेन्सी

Share News