तोलामा १३ सयले घट्यो सुनको मूल्य, चाँदी १६ सयमा कारोबार

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा १३ सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा १३ सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News