नयाँ वर्षमा सामसङको इलेक्ट्रोनिक्स किन्दा छुट पाइने

<p>काठमाडौं ।  सामसङ नेपालले नयाँ वर्ष–२०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाँडौँ खुसी सधैँलाई’ नारासहित छूट तथा एक्सचेन्ज अफर ल्याएको छ । ग्राहकहरुले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म छूट तथा र फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सामसङको इलेक्ट्रोनिक्स सामानहरु शून्य प्रतिशत [&hellip;]</p>

काठमाडौं ।  सामसङ नेपालले नयाँ वर्ष–२०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाँडौँ खुसी सधैँलाई’ नारासहित छूट तथा एक्सचेन्ज अफर ल्याएको छ । ग्राहकहरुले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म छूट तथा र फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसङको इलेक्ट्रोनिक्स सामानहरु शून्य प्रतिशत व्याजमा मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहजरूपमा खरिद गर्न सकिने छ । यो विशेष छुट अफर जेठ २ गतेसम्म लागू हुनेछ ।

विगत १८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल युएचडी, फ्रेम र क्युएलइडीलगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ ।

ग्राहकहरुले ५५ इन्च वा सोभन्दा ठूलो टिभी खरिद गर्दा आफ्नो नागरिकता मात्र पेस गरी इन्स्टा फाइनान्स सेवामार्फत इएमआइ १८ महिनाको अवधिभित्र किस्ता तिर्ने सुविधा पाउनेछन् । यस्तै, ४३ इन्च वा सोभन्दा सानो टिभीको खरिदमा इएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन् । सामसङको टिभीहरुमा तीन वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको सामसङ नेपालले जनाएको छ ।

यसैगरी, सामसङका साउन्डबार खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । सामसङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउन्डबार सित्तैमा पाउनेछन् भने एयु ७७०० मोडलका ५५ र ६५ इन्चका युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए–१५ (८/१२८) मोबाइल फोनमा पाँच हजार रुपैयाँको छुट पाइनेछ ।

यसै अफरअन्तर्गत नयाँ वर्षको अवसरमा फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टारडटकममार्फत अनलाइनमा लिन सक्नेछन् । यस अनलाइनमार्फत ५५ र ६५ इन्चका एयु ७७०० क्रिस्टल टिभी अनलाइन एक्सचेन्ज गर्दा पाँच हजार ५०० रुपैयाँसम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Share News