सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?

<p>काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, सोमबार चाँदीको मूल्य पनि हालसम्मकै बढी मूल्यमा कारोबार भइरहेको छ । । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News