एफएनसीसीआईले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगको आह्वान गर्दै

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगका लागि आह्वान गर्ने भएको छ । महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको हो । महासंघको वार्षिक साधारणसभा चैत २८ गते हुँदैछ । सभाको उद्घाटन कार्यक्रम बिहान ८ः३० डाकिएको छ। सभामा मुख्य राजनीतिक दलका प्रतिनिधिहरुलाई डाकिएको महासंघले जनाएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगका लागि आह्वान गर्ने भएको छ । महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको हो ।

महासंघको वार्षिक साधारणसभा चैत २८ गते हुँदैछ । सभाको उद्घाटन कार्यक्रम बिहान ८ः३० डाकिएको छ। सभामा मुख्य राजनीतिक दलका प्रतिनिधिहरुलाई डाकिएको महासंघले जनाएको छ ।

महासंघको सभामा मुख्य वक्ताका रुपमा भारत उद्योग परिसंघका अध्यक्ष सञ्जीव पुरी रहेछन् । पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरुको टोली सभामा सहभागी हुनेछन् ।

Share News