उद्योग संगठन मोरङ उत्कृष्ट वाणिज्य संघको सम्मानबाट पुरष्कृत

<p>विराटनगर । देशभरिका जिल्ला/नगर उद्योग वाणिज्य संघहरु मध्येबाट उद्योग संगठन मोरङ उत्कृष्ट उद्योग वाणिज्य संघको सम्मानबाट पुरष्कृत भएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनले सो सम्मान पाएको हो । प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ले प्रदान गरेको उत्कृष्टताको प्रमाण पत्र तथा अवार्ड [&hellip;]</p>

विराटनगर । देशभरिका जिल्ला/नगर उद्योग वाणिज्य संघहरु मध्येबाट उद्योग संगठन मोरङ उत्कृष्ट उद्योग वाणिज्य संघको सम्मानबाट पुरष्कृत भएको छ ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनले सो सम्मान पाएको हो । प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ले प्रदान गरेको उत्कृष्टताको प्रमाण पत्र तथा अवार्ड संगठनका अध्यक्ष राकेश सुराना र वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले ग्रहण गरेका थिए ।

संगठनलाई प्राप्त सम्मान पत्रमा ‘उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा निर्वाह गरेको उत्कृष्ट भूमिकाको उच्च मूल्यांकन गर्दै जिल्ला/नगरबाट उद्योग संगठन मोरङलाई यो सम्मान पत्र प्रदान गरिएको’ उल्लेख छ ।

जिल्ला/नगर उद्योग वाणिज्य संघले उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि खेलेको भूमिका, सघ/प्रदेश र स्थानीय निकायसंग साझेदारीमा भएका कामहरु, वहस पैरवीबाट प्राप्त उपलब्धी, सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कार्यहरुका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पुर्याएको योगदानको आधारमा नेपाल उद्योग वाणिज्य महासंघले संगठनलाई उक्त सम्मानबाट पुरष्कृत गरेको हो ।

Share News