एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

Share News