सर्वोच्चको आदेश पालना नभएको भन्दै धर्ना, आदेश बमोजिम मुआब्जाको माग

<p>काठमाडौं, २५ पुस । सर्वोच्च अदालतले मुआब्जा नदिई सडक विस्तार नगर्नु भनी दिएको अन्तरिम आदेश पालना नभएको भन्दै आज धर्ना र र्याली प्रदर्शन गरिएको छ । उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा धर्ना दिई नयाँ बानेश्वरसम्म र्याली प्रदर्शन गरेको हो । सर्वोच्चको आदेशविरुद्ध स्थानीयवासीलाई सुकुम्बासी बनाउन लागिएकाले धर्ना र र्याली गर्नुपरेको समिति [&hellip;]</p>

supreme_courtकाठमाडौं, २५ पुस । सर्वोच्च अदालतले मुआब्जा नदिई सडक विस्तार नगर्नु भनी दिएको अन्तरिम आदेश पालना नभएको भन्दै आज धर्ना र र्याली प्रदर्शन गरिएको छ ।

उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा धर्ना दिई नयाँ बानेश्वरसम्म र्याली प्रदर्शन गरेको हो । सर्वोच्चको आदेशविरुद्ध स्थानीयवासीलाई सुकुम्बासी बनाउन लागिएकाले धर्ना र र्याली गर्नुपरेको समिति अध्यक्ष सुमन सायमीले बताए ।

समितिमा उपत्यकाका विभिन्न स्थानका गरी २४ सङ्घर्ष समिति आबद्ध छन् । समितिले यसअघि गत बुधबार उपत्यका बन्दको आयोजना गरेको थियो । शान्तिपूर्ण रुपमा माग राख्दा सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने पीडितको चेतावनी छ । रासस

Share News