क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

<p>काठमाडौं । माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आईपीओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको कूल [&hellip;]</p>

काठमाडौं । माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आईपीओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।  निष्काशन गर्नको लागि मंगलबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ ।

न्यून आय भएका तथा पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिलाई लघुजीवन बीमा सेवा पुर्‍याउने उद्देश्यले कम्पनीले धितोपत्र बोर्डबाट व्यवसाय सञ्चालनको स्वीकृति पाएको हो । यस कम्पनीमा संस्थापक लगानी ७० प्रतिशत रहेको छ भने आईपीओ जारीपश्चात सर्वसाधारणको लगानी ३० प्रतिशत रहनेछ ।

 

 

Share News