तोलामा २७ सय घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुनको मूल्य पनि [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने बुधबार तोलामा २० रुपैयाँले घटेर १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News