महानगरपालिकाको सिप मेलामा युवाको आकर्षण (तस्बिरहरू)

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा आयोजना गरेको ‘सिप मेला’ मा युवाको आकर्षण बढेको छ । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ महानगरले आयोजना गरेको एक महीने सो मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ्ग, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता विभिन्न [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा आयोजना गरेको ‘सिप मेला’ मा युवाको आकर्षण बढेको छ ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ महानगरले आयोजना गरेको एक महीने सो मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ्ग, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता विभिन्न क्षेत्रमा तालिम दिएको छ ।

 

Share News