बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै धनगढीका युवा, भारतीयलाई दिए जागिर

<p>कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् । भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेशलगायतका स्थान रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने सहर हुन् । तर धनगढी उपमहानगरपालिका–२ स्थित [&hellip;]</p>

कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् ।

भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेशलगायतका स्थान रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने सहर हुन् । तर धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्मा भने स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर दिएका छन् ।

उनले अहिले सोही स्थानमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन् । उक्त उद्योगमा उनले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिएका छन् ।

कामदारलाई मासिक १६ हजारदेखि २८ हजार रुपैयाँसम्म मासिक तलब दिँदै आएका छन् । उनले १२ जनाको परिवारको जोहो यसैबाट पुर्याउँदै आएका छन् । पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि काठमाडौं गएका उनले प्रमाणपत्र तह अध्ययन पूरा गरेका छन् ।

बेकरी उत्पादनमा सीप भएका भिनाजुसँग सीप सिकेर उनले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गरे । तर हा भने उनले धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आएका छन् । पाउरोटी उद्योगबाट औसतमा मासिक १० लाख रूपैयाँ कारोबार हुने गरेको उनको भनाइ छ । उनले खर्च कटाएर एक लाख रूपैयाँ बचत हुने गरेको बताए । रासस

Share News