आमाको मुख हेर्ने दिनको अवसरमा धुलिखेल जिपलाइनमा ५० प्रतिशत छुट

<p>काठमाडौं । धुलिखेल जिपलाइनले मातातीर्थ औंशीको अवसरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा जिपलाइनले आमासँगै जाने छोराछोरी र आमालाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो । छुट आमाले मात्रै खेल्दासम्म पनि पाइने कम्पनीले जनाएको छ । छुट अफर बुधबारदेखि तीन दिनसम्म रहनेछ । वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा [&hellip;]</p>

काठमाडौं । धुलिखेल जिपलाइनले मातातीर्थ औंशीको अवसरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा जिपलाइनले आमासँगै जाने छोराछोरी र आमालाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो । छुट आमाले मात्रै खेल्दासम्म पनि पाइने कम्पनीले जनाएको छ । छुट अफर बुधबारदेखि तीन दिनसम्म रहनेछ ।

वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ ।

सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा सुरु गरिएको हो । धुलिखेल पुगेर जिपलाइनमा रमाउन चाहने आमा तथा छोराछोरीले छुटको अवसर प्राप्त गर्ने छन् ।

Share News