एकैदिन तोलामा २३ सयले बढ्यो सुन

<p>काठमाडौं । स्थानीय बजारमा शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाला सुन तोलामा १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन १ लाख [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाला सुन तोलामा १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदी भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News