काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आईतबारका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकामा आईतबारका लागि भने एक लाख ३७ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।