कुमारी बैंकका ग्राहकले निको बाल अस्पतालमा १५ प्रतिशत छुट पाउने

<p>काठमाडौं । कुमारी बैंक लिमिटेड र चितवन भरतपुरस्थित निको बाल अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । याे [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेड र चितवन भरतपुरस्थित निको बाल अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । याे सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरि रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ इकाईहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

Share News