निजी क्षेत्रको भन्दा पनि सरकारको मनोबल उठाउनुपर्ने देखियो : शेखर गोल्छा

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान शेखर गोल्छाले सरकारको मनोबल उठाउनुपर्ने स्थिति देखिएको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रको मनोबल कसरी उठाउने भनेर आवाज र चर्चा चलेका बेला सरकारकै मनोबल उठाउनुपर्ने देखिएको बताएका हुन् । उनले अहिलेको कमजोर अर्थतन्त्र समाधान गर्ने बजेट नल्याए समस्या झनै बल्झिन सक्ने [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान शेखर गोल्छाले सरकारको मनोबल उठाउनुपर्ने स्थिति देखिएको बताएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रको मनोबल कसरी उठाउने भनेर आवाज र चर्चा चलेका बेला सरकारकै मनोबल उठाउनुपर्ने देखिएको बताएका हुन् ।

उनले अहिलेको कमजोर अर्थतन्त्र समाधान गर्ने बजेट नल्याए समस्या झनै बल्झिन सक्ने बताए । नेपाल लगानीका लागि उच्च लागत भएको मुलुक भएको पनि उनको भनाइ छ ।

उनले सम्पत्ति अभिलेखिकरण गर्न सकियो भने अर्थतन्त्रले ठूलो फड्को मार्ने धारण राखे ।

Share News