काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म्कै उच्च मुल्य हो ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढेर तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।