नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, ४० प्रतिशत हकप्रद प्रस्ताव पारित हुने

<p>काठमाडौं । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज बस्दैछ । सभा  बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ । सभाले कम्पनीले हाल कायम जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर [&hellip;]</p>

काठमाडौं । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज बस्दैछ । सभा  बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ ।

सभाले कम्पनीले हाल कायम जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

Share News