सुनचाँदीको मूल्य हालसम्मकै उच्च

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १६ सय [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Share News