पुनर्निर्माणमा ४ करोड ७९ लाख घनफिट काठ आवश्यक

<p>काठमाडौं ३, माघ । भुइँचालोमा क्षति भएका निजी र सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्न ४ करोड ७९ लाख घनफिट काठ लाग्ने भएको छ । तर वन विभागले अहिले सरकारी वनबाट बार्षिक ७ देखि ११ लाख घनफिट काठमात्र उत्पादन गर्न सकेको छ । ‘पुननिर्माणमा सरकारी क्षमताभन्दा धेरै गुण बढी काठ चाहिने भएको छ ।’ कार्यदल संयोजक [&hellip;]</p>

punarnirman_prdhikaranकाठमाडौं ३, माघ । भुइँचालोमा क्षति भएका निजी र सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्न ४ करोड ७९ लाख घनफिट काठ लाग्ने भएको छ । तर वन विभागले अहिले सरकारी वनबाट बार्षिक ७ देखि ११ लाख घनफिट काठमात्र उत्पादन गर्न सकेको छ ।

‘पुननिर्माणमा सरकारी क्षमताभन्दा धेरै गुण बढी काठ चाहिने भएको छ ।’ कार्यदल संयोजक तथा वन विभागका उपमहानिर्देशक हेमलाल अर्यालले भने,’त्यसो त क्षति भएका संरचनाका ३० देखि ६० प्रतिशत काठ पुन प्रयोग गर्न सकिन्छ ।’

कुन जिल्लामा कति (घनफिट)
सिन्धुपाल्चोक ४८,७३,९०५
रामेछाप २४,००,९१५
दोलखा ३९,३७,६२०
काभ्रे ४४,४६,३९५
गोरखा ३७,४५,०५०
नुवाकोट ४४,७१,७२५
धादिङ ३८,४२,१७५
नागरिक दैनिकबाट ।

Share News