काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा एक हजार ८०० रुपैयाँले घटेर एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार ८५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।