काठमाडौं, ४ माघ । गौतम बुद्धको जन्म भारतमा भएको हो भन्दै पुस्तक लेख्ने नेपाली प्रकाशक र लेखकले क्लिन चिट पाएका छन् । कक्षा ९ को सामाजिक अध्ययन पुस्तकमा गौतम बुद्धको जन्म भारतमा भएको हो भनेर लेख्ने संगीता थेवे र उनको पुस्तक प्रकाशन गर्ने सुभारम्भ पब्लिकेशनले क्लिन चिट पाएका हुन् ।
क्लिन चिट दिएको पत्र हेर्न यहाँ थिच्नुहोस् (कक्षा ९ को सामाजिक शिक्षा विषयक पाठ्यपुस्तकमा गौतम बुद्धको जन्म भारतमा भएको भनी छापिएको)
थेवेले लेखेको कक्षा ९ को सामाजिक अध्ययन किताबमा गौतम बुद्धको जन्ममा भारतमा भएको हो भनिएको थियो । उनको सो पुस्तकलाई सानोभर्याङमा रहेको सुभारम्भ पब्लिकेशनले छापेको थियो । सुभारम्भ प्रकाशनका अध्यक्ष पुरुषोत्तम देवकोटा हुन् ।
|
उनीहरु दुबैलाई पाठ्यक्रम विकास केन्द्र सानो ठीमीले गल्ति स्विकार गरेको र फेरी नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेकोले सचेत गराएर छाडिएको उल्लेख छ । उनीहरुले गौतम बुद्धको जन्मस्थल सम्बन्धी कुनै भ्रम पार्ने उदेश्य नरहेको र छपाईका क्रममा वाक्य केहि अधुरो भई भ्रम सृजना भएको महशुस गरेकाले त्यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गराएर छाडिएको पाठ्यक्रम विकास केन्द्रले प्रधानमन्त्री कार्यालयलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।
सो पुस्तकले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै छापेको प्रमाणसहित कुमार बालदले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रधानमन्त्री कार्यालयले पाठ्यक्रम विकास केन्द्रलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको थियो । राष्ट्रियतासँग जोडिएको गम्भिर बिषयमा पनि केन्द्रले भने सामान्य सचेत गराएर मात्रै छाडेको हो ।