उद्यमशीलता विकास गर्न उद्योग मन्त्रालय र नेपाल ईन्जिनियरिङ्ग एशाेिसयसनबीच सम्झौता

<p>काठमाडौं, ४ माघ । उद्योग मन्त्रालय र नेपाल ईन्जिनियरिङ्ग एशाेिसयसन बीच उद्यमशीलताको विकासमा सघाउने उद्धेश्यले सहमति पत्रमा हस्ताक्षर भएको छ । मंगलवार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योग मन्त्रालयका तर्फबाट उद्योग मन्त्रालय योजना महाशाखा प्रमुख दिनेश घिमिरेले र नेपाल ईन्जिनियरिङ्ग एशोसियसनका तर्फबाट एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार नेपाल ईन्जिनियरिङ्ग [&hellip;]</p>

uddhyog_nepal_engineeringकाठमाडौं, ४ माघ । उद्योग मन्त्रालय र नेपाल ईन्जिनियरिङ्ग एशाेिसयसन बीच उद्यमशीलताको विकासमा सघाउने उद्धेश्यले सहमति पत्रमा हस्ताक्षर भएको छ । मंगलवार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योग मन्त्रालयका तर्फबाट उद्योग मन्त्रालय योजना महाशाखा प्रमुख दिनेश घिमिरेले र नेपाल ईन्जिनियरिङ्ग एशोसियसनका तर्फबाट एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार नेपाल ईन्जिनियरिङ्ग एशोसियसनले उद्योगहरुमा नवीनतम प्रविधिको उपयोगका लागि सघाउने, स्वयं ईन्जिनियरहरुलाई उद्यमशील बनाउने र उद्योग मन्त्रालयको खोज अनुसन्धान र विकास कार्यमा सघाउने छन् ।  उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै संस्थाहरुले एकै ठाउँमा बसेर सबैका लागि सोच्ने परिपाटिको विकास गर्न मन्त्रालयले नेपाल ईन्जिनियरिङ्ग एशोसियसन संग यस प्रकारको सम्झौता गरेको बताए ।

मन्त्रालयका तर्फबाट यस प्रकारको कार्य आगामी दिनमा अन्य व्यवसायिक संघ संस्थाहरु सँग पनि शुरु गर्ने सोचाई रहेको भन्दै मन्त्री जोशीले हामीसँग भएको बुद्धिलाई पनि उद्योगका रुपमा स्थापित गर्न सकिने बताएका छन् । राज्य मन्त्री कञ्चनचन्द्र वादेले ईन्जिनियरहरुलाई पढेपछि जागिरै मात्र खाने मानसिकताबाट बाहिर ल्याउन पनि यस प्रकारका कामले सघाउ पुग्ने बताएका छन् ।

उद्योग विभागका महानिर्देशक प्रदिप कोईरालाले नेपाल ईन्जिनियरिङ्ग एशोसियसनबाट प्राप्त हुने सेवाका लागि सरकारले कुनै आर्थिक दायित्व वेहोर्न नपर्ने गरी सहमति भएको भन्दै यस प्रकारको कार्यले उद्यमशीलताको विकासमा सघाउ पुग्ने बताए । सो सहमती अनुसार आगामी ३ महिना भित्र दुवै संस्थाहरुले समन्वय गरी विस्तृत कार्ययोजनाका साथ अगाडी बढ्ने तयारी गरेका छन् ।

Share News