३० प्रतिशत शेयर किन्ने स्वदेशी तथा विदेशी साँझेदार खोज्दै कृषि विकास बैंक, जनताको घर घर पुग्ने लक्ष्य

<p>काठमाडौं, ४ माघ । कृषि विकास बैंकले सरकारको स्वामित्वमा रहेको ५१ प्रतिशत सेयरमध्ये ३० प्रतिशत सेयर खरिद गर्ने स्वदेशी तथा विदेशी साँझेदारको खोजी सुरु गरेको छ । माघ ७ गतेबाट ५० औं बर्षमा प्रवेश गर्न लागेको बैंकले स्वर्ण जयन्तीको तयारीका बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिर्टौलाले ३० प्रतिशतको सेयर [&hellip;]</p>

काठमाडौं, ४ माघ । कृषि विकास बैंकले सरकारको स्वामित्वमा रहेको ५१ प्रतिशत सेयरमध्ये ३० प्रतिशत सेयर खरिद गर्ने स्वदेशी तथा विदेशी साँझेदारको खोजी सुरु गरेको छ । माघ ७ गतेबाट ५० औं बर्षमा प्रवेश गर्न लागेको बैंकले स्वर्ण जयन्तीको तयारीका बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिर्टौलाले ३० प्रतिशतको सेयर स्वामित्व लिने उपयुक्त स्वदेशी तथा विदेशी साँझेदारको खोजी भैरहेको बताएका हुन् ।

agriculture_dev_bank

‘नेपाल सरकारको स्वामित्वमा रहेको बैंकको ५१ प्रतिशत शेयरमध्ये ३० प्रतिशत शेयरको स्वामित्व उपयुक्त स्वदेशी तथा विदेशी साझेदारलाई हस्तान्तरण गरि बैंकको सञ्चालनमा थप पुँजी, प्रबिधी र अन्तराष्ट्रिय अनुभवसहितको साझेदारसँगको सहयकार्यबाट बैंकको सञ्चालन थप प्रकावकारीता ल्याई यस बैंकलाई अग्रणी बैंकको रुपमा स्थापित गर्ने मनसायले सुरु भएको यो प्रयास जारी छ’, प्रमुख कार्यकारी अधिकृत सिटौलाले भने । उनका अनुसार त्यस कार्यका लागि विदेशी अडिट फर्म बेकर टीलीको सहयकार्यमा स्वतन्त्र लेखा परिक्षण समेत अघि बढाएको उनले जानकारी दिए ।

‘हामी पुँजी र प्रबिधी मार्फत जनताका घर घरमा पुग्ने योजनासहित आएका छौं’, सिटौलाले भने ।बैंकले मंसिर मसान्तसम्ममा ८८ अर्ब ५८ करोड निक्षेप संकलन गरेर ४३ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकले हाल देशभरका २५० वटा शाखाहरुबाट सेवा सञ्चालन गरिरहेको छ । बैंकमा २७१६ जना कर्मचारी रहेका छन् । कृषि विकासले १७३ वटा कार्यालयमा अत्याधुनिक सिबिएस सेवा लागु गरिसकेको छ । बैंकको २१ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
भर्खरै जारी गरिएको हकप्रद सेयरमध्ये बिक्रि नभएको शेयर बोलकबोलका आधारमा बेच्ने तयारी पनि अन्तिम चरणमा पुगेको पनि सिटौलाले जानकारी गराए ।

५ अर्ब ९० करोड चुक्ता पुँजी रहेको कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिएर ७ अर्ब ८ करोड पुर्याउने छ । बैंकका १ लाख ६२ हजार ऋणीहरुमा कर्जा प्रवाह गरेको छ भने ९ लाख ९८ हजार निक्षेप कर्ता रहेका छन् ।

Share News