काठमाडौं । डिभाइन वाइनले प्रत्येक १ डट बल बराबर १० वटा रुखहरु रोप्ने निर्णय गरेको छ ।
श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले यही जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका गेमहरुमा खसेको प्रत्येक डट बलमा १० वटा रुखहरु रोप्ने निर्णय गरेको हाे ।
खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेडरल्यड, दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरके बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ ।
सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेडरल्याड बिचको खेलमा खसेको डट बल हरुको आधारमा आएको संख्या बराबरको रुखहरु धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्ग राईलाई प्रदान गरिने छ ।