एलआईसी नेपालले बोलायो २२औं साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि [&hellip;]</p>

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ ।

जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन ।

सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९र८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share News